Monday, October 11, 2010

यो त भयो एउटा वास्तविकता!!!

डाबरले छल्यो

image
उपभोक्ता मञ्चको आरोप

बेग्लै ब्याच नम्बरका जुस खाद्य प्रयोगशालामा पठाएर छल गरेको आरोप
रियल जुस नपिउन उपभोक्तालाई अपिल
नयाँ पत्रिका
काठमाडौं, १४ भदौ
डाबर नेपालले अखाद्य वस्तु भेटिएको रियल जुसको ब्याच नम्बरसँग मिल्दोजुल्दो अर्कै जुस निकालेर खाद्य तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि दिएको उपभोक्ता हित संरक्षण मञ्चले आरोप लगाएको छ ।
डाबर नेपालद्वारा उत्पादित 'रियल म्यांगो नेक्टर' को ल्द्य ण्ण्ण्ठरज्ञरघ, ःाम। ण्द्धरज्ञण् ब्याच नम्बरका गुणस्तरहीन र अखाद्य वस्तु भेटिएकाले
उपभोक्ता हित संरक्षण मञ्च र सगरमाथा टेलिभिजनले संयुक्त रूपमा विभागमा परीक्षणका लागि पठाएको थियो । तर, डाबरले सोही ब्याच नम्बरको मिल्दोजुल्दो ण्ण्ण्ठरज्ञरघ ब्याच नम्बरका रियल जुसलाई खाद्य प्रयोगशालामा ल्याएर छल गरेको मञ्चले दाबी गरेको छ ।
मञ्चद्वारा सोमबार जारी विज्ञप्तिमा डाबरले छल गरेर आफ्नो उत्पादन गुणस्तरीय रहेको प्रतिवेदन लगेको उल्लेख छ । मञ्चले ब्याच नम्बर फरक परेको र उजुरी विचाराधीन रहेकै अवस्थामा डाबरले आफ्नो उत्पादन गुणस्तरीय रहेको गलत विज्ञापन विभिन्न सञ्चारमाध्यममा प्रकाशन गरेकोमा पनि विरोध जनाएको छ । 'ब्याच नम्बर फरक परेको र उजुरी विचाराधीन अवस्थामा गलत विज्ञापन किन भएको भनी कम्पनीसँग जानकारी माग गर्दा सो कम्पनीबाट हालसम्म कुनै जानकारी उपलब्ध भएको छैन,' विज्ञप्तिमा भनिएको छ ।
 रियल उपभोग नगर्न अपिल
मञ्चले डाबर नेपालद्वारा उत्पादित रियल जुस उपभोग नगर्न आमउपभोक्तालाई अपिल गरेको छ । रियल जुस गुणस्तरहीन भएको भन्दै डाबरले र भारतीय दूतावासले आमनेपाली उपभोक्ता र सञ्चारमाध्यमसँग माफी नमागेसम्म रियल जुस उपयोग नगर्न आग्रह गरेको हो ।
मञ्चले भारतीय दूतावासले नेपाली सञ्चारमाध्यमप्रति कूटनीतिक मर्यादा र विश्वव्यापी प्रेस स्वतन्त्रताको मूल्य-मान्यताविपरीत लगाएको आक्षेपको पनि विरोध गरेको छ । 'भारतीय दूतावासबाट डाबरको उत्पादन गुणस्तरयुक्त भएको र सञ्चारमाध्यमलाई लाञ्छना लगाई भ्रामक विज्ञप्ति प्रकाशित भएकाले सो विज्ञप्तिप्रति हामी गम्भीर विरोध प्रकट गर्दछौँ,' मञ्चले विज्ञप्तिमा जनाएको छ ।


नेपाली उपभोक्ता आफ्ना अधिकारप्रति सजग रहेको उल्लेख गर्दै गुणस्तरहीन वस्तु उत्पादन गर्ने र त्यस्ता वस्तु बिक्री गर्न दबाब दिनेले गल्ती स्विकारी माफी माग्नुपर्ने मञ्चले जनाएको छ । 'बजारमा उपभोक्ता सार्वभौम हुन्छन् । कुनै वस्तु उपयोग गर्ने वा नगर्ने अधिकार उपभोक्तासँग रहन्छ । उत्पादनउपर कसैले चुनौती दिन्छ भने आफू गुणस्तरयुक्त भएको प्रमाणित गर्ने दायित्व सम्बन्धित कम्पनीको हुन्छ,' विज्ञप्तिमा भनिएको छ, 'तर उजुरीमा प्रभाव पार्ने नियतले भरतीय दूतावासबाट विज्ञप्ति प्रकाशित गराएर गुणस्तरयुक्त भएको भनी प्रमाणित गर्न खोजेकाले सो कार्यबाट कूटनीतिक मर्यादाको र राष्ट्रिय कानुनको सोझै उल्लंघन भएको छ । यसैले डाबर नेपाल कम्पनी र भारतीय दूतावासले यस विषयमा आमनेपाली उपभोक्ता र सञ्चारमाध्यमसँग माफी नमागेसम्म उक्त जुस नकिन्न, उपयोग र प्रयोग नगर्न हामी आम उपभोक्तासँग अपिल गर्दछौँ ।'

 अनुसन्धान विवरण सार्वजनिक गर्न निर्देशन  
वाणिज्य मन्त्रालयले भारतीय संयुक्त लगानीमा रहेको डाबर नेपालको उत्पादनको गुणस्तरका विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अनुसन्धानको यथार्थ विवरण मंगलबारसम्म सार्वजनिक गर्न निर्देशन दिएको छ ।
वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाको अध्यक्षतामा अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय, गुण नियन्त्रण विभाग, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसहित सोमबार मन्त्रालयमा भएको बैठकले विभागले गरेको अनुसन्धान कारबाहीको यथार्थ विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।

 भारतीय दूतावासको वक्तव्यबाजीप्रति संसदीय समितिको आपत्ति
काठमाडौं/ व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिले स्वतन्त्र सञ्चारमाध्यमबारे भारतीय दूतावासले गरेको वक्तव्यबाजीप्रति आपत्ति प्रकट गरेको छ । समितिले दूतावासमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशनसमेत दिएको छ ।
डाबर नेपालका उत्पादनमा देखिएको गुणस्तरहीनताबारे सञ्चारमाध्यममा छापिएका विषयवस्तुलाई लिएर भारतीय दूतावासले विज्ञप्ति जारी गर्नु कूटनीतिक सीमा र मर्यादाविपरीत रहेको ठहर गर्दै समितिले गम्भीर आपत्ति प्रकट गरेको हो ।
समितिको सोमबार बसेको बैठकको निर्णयमा भनिएको छ, 'भारतीय दूतावासको उक्त कार्यउपर यथाशीघ्र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन समिति सरकारलाई निर्देशन दिन्छ ।' बैठकमा समितिका सदस्यहरूले दूतावासको वक्तव्यबाजीको भत्र्सना गर्दै भारतको नांगो हस्क्षेपप्रति विरोध गरेका थिए ।
'भारतले यहाँका सञ्चारमाध्यमहरूमाथि निरन्तर आक्रमण गरिरहेको छ,' समितिका सभापति पद्मलाल विश्वकर्माले नयाँ पत्रिकासँग भने, 'कहिले पत्रिकाको न्युजपि्रन्ट रोक्ने त कहिले समाचारहरू सम्प्रेषण गरेकै विषयमा विज्ञप्ति जारी गरेर नेपाली सञ्चारमाध्यमहरूमाथि लाञ्छना लगाउने ?' उनले भारतीय दूतावासको काम सरासर कूटनीतिक मर्यादाविपरीत रहेको बताए ।
 नेपाली मिडिया अविश्वसनीयः सुजाता

विराटनगर/ भारतीय दूतावासले नेपाली सञ्चारमाध्यमको स्वतन्त्रतामा हस्तक्षेप गरेको वेला उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले उल्टै नेपाली मिडिया विश्वसनीय नभएको आरोप लगाएकी छिन् । उनले नेपाली मिडियाले अविश्वसनीय समाचार सम्प्रेषण गर्ने गरेको दाबी गरिन् ।


प्रेस युनियन मोरङद्वारा सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेपाली मिडियाले प्रकाशन गरेको समाचारको विश्वसनीयता छानबिन नगरी भारतले हस्तक्षेप गर्‍यो भन्न नहुने बताइन् । तर, आफू राजधानी फर्केपछि भारतीय राजदूत राकेश सुदसँग भेटेर समस्याका बारेमा बुझ्ने उनले बताइन् । भारतीय दूतावासले गरेको वक्तव्यबाजीलाई ठूलो विषय बनाउन नहुने पनि मन्त्री कोइरालाले बताइन् । 'त्यस्तो गरेमा अस्थिरता आउनेछ,' उनले भनिन् ।





फेरी यो अर्को वास्तविकता



Rajesh Hamal got 12 lakh for a ‘Real’ Ad


rajesh-hamal-ad-real-juice
In a latest report, Rajesh Hamal has received 12 lakh to pose for an advertisement of Dabur Nepal’s Real Juice. That amount is about 3-4 times the actor receives while acting in a movie.
It is told that Rajesh has risked being criticized for playing in a controversial drink in which non-consumable materials was found in various parts of the country. To recover its brand identity, Dabur has started an advertisement campaign involving various well known personalities.
राजेश हमालले रियल जुसको विज्ञापन गरेवापत १२  लाख रूपैया लिएको बताइएको छ । फिल्मीखबर अनलाइन पत्रिकाका गत भदौ १२ गते अमेरिका जानु अगाडी महानायक राजेश हमालले डाबरसंग बार्गेनिग गरेर तीन लाख थपगरि १२  लाख रूपैया हात पारेको दाबी गरेको छ ।
राजेशले एउटा फिल्म को ३-४ लाख मात्र पाउने गरेको मा सो बिज्ञापन खेल्दा एकै दिन मा ४ गुणा कमाइ गरेका छन ।

केहि समय यता रियल जुसको बारेमा सञ्चारमाध्यमहरुले पटक-पटक 
नकारात्मक समाचार छापेपछी खस्किएको डाबरको ब्यापरलाई माथि उकास्न बिभिन्न व्यक्ति हरुकोप्रयोग गरि बिज्ञापन शुरु गरिएको हो । एक पटक डाबरले आफ्नो लगानी फिर्ता गर्ने धम्की पनि दिएको मा यी बिज्ञापनका सृंखला ले सो धम्की धम्कीमा मात्र सिमित रहेको निस्कर्ष निकाल्न सकिन्छ । तलको विज्ञापनमा भाट भटेनी सुपर मार्केट का मिन बहादुर गुरुङ लाइ राखिएको छ ।
राजेश हमालले बिबादित सो जुसको विज्ञापनका मा काम गरेको कारण नकारात्मक टिप्पणी खेप्नु परिरहेका पनि बताइएको छ।
bhat-bhateni-chief-gurung

real-marathon




Karishma को करिष्माले पनि काम गर्छ की...
http://wn.com/Hamro_REAL_Juice_Karishma_30_sec



Monday, October 4, 2010

स्वागतम्

हाम्रो चौतारीमा पाल्नुहुने सम्पुर्ण महानुभावमा हार्दिक स्वागतम् ।

यस चौतारीमा हामी विभिन्न विषयमा कुराकानी गर्न सक्छौं ।
कुनै एक विषयमा मज्जाले बहस पनि गर्न सक्छौ । यहाँ हामी झगडा भन्दा पनि छलफल गर्न आउँछौ र आफुलाई चित्त नबुझेका कुरा सालिन भाषामा व्यक्त गर्छौं ।

आफुले देखे भोगेका कुराहरु राख्न सक्छौ अनी समाजमा व्याप्त विभिन्न आयामहरुमा आफ्ना विचार राख्न सक्छौं ।